कांग्रेस गण्डकीले भन्यो – अविश्वासको प्रस्ताव ल्याउने निर्णय भएको छैन

आदर्श समाज सम्वाददाता
पौष ७, २०७७
Congress Flag

पोखरा, ७ पुस । नेपाली कांग्रेस संसदीय दल गण्डकीले अहिले नै सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुनै निर्णय नभएको बताएको छ । मंगलबार दलको बैठक बसेर राजनीतिक घटनाक्रमको विरोध गर्ने भन्दै अहिले सरकारमा सहभागिताको कुनै अगुवाई नगर्ने बताएको हो ।

‘गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलले सरकार निर्माणमा सहभागिता जनाउने, अविश्वासको प्रस्ताव पेस गर्ने लगायत कुनै राजनीतिक निर्णय नगरेको जानकारी गराउँदछौं,’ जारी विज्ञप्तीमा भनिएको छ ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ । प्रतिनिधिसभा विघटन गर्नु नेपाली जनताको स्थायी सरकार र विकासको लागि दिएको जनमतको घोर अपमान र संविधानको ठाडो उलंघन भएको आरोप लगाउँदै यसको घोर भत्र्सना गर्ने निर्णय गरिएको छ ।

कांग्रेसले जनता समाजवादी पार्टीसँग मिलेर विशेष अधिवेसन माग गरिसकेको छ । अधिवेसन सुरु भएपछि संसदबाट नै संसद विघटनको विरोध गर्ने निर्णय भएको कांग्रेस गण्डकीका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताए ।

‘पार्टीको केन्द्रीय समितिले जे निर्देशन गर्छ । सोही अनुसार कार्यान्वयन हुन्छ,’ उनले भने, ‘सरकारमा जाने वा नजाने भन्ने विषयमा आधिकारिक निर्णय भएको छैन ।’ यद्यपी कांग्रेसभित्रै माओवादी र साना दललाई साथ लिएर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारे पनि आन्तरिक छलफल भैरहेको छ । माओवादी भने हिउँदे अधिवेसन लाग्ने वित्तिकै अविश्वास दर्ता गराउने पक्षमा छ ।

‘विशेष अधिवेसन पनि हुन सक्छ । तर घटनाक्रमको टुंगो लागोस् अनि निर्णय लिउँला,’ पूर्व माओवादी तर्फका सांसद रामजी बरालले भने, ‘आन्तरिक रुपमा साथीहरुसँग छलफल भैरहेको छ । अरु पार्टीसँग पनि कुरा गरेको छु ।’

Related News

सम्बन्धित समाचार

hero news full width