स्वारेज र कोस्टाको गोलले शीर्ष स्थानको एथ्लेटिको मड्रिडलाई महत्वपूर्ण जीत

आदर्श समाज संवाददाता
पौष ५, २०७७
Luis-Suarez

पाेखरा । लुइस स्वारेज र डिएगो कोस्टाको गोलको सहयोगमा एथ्लेटिको मड्रिड विजयी भएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले एल्चीलाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि स्वारेजले ४१ र ५८ औँ मिनेटमा गोल गरे । यस्तै ८० औँ मिनेटमा पाएको पेनाल्टीमा कोस्टाले गोल गरेका हुन् ।

एल्चीका लागि ६४ औँ मिनेटमा बोयेले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडले दोस्रो स्थानको रियल सोसिडाडसँगको अंक दूरी तीन बनाएको छ । एथ्लेटिकोको १२ खेलबाट २९ अंक भएको छ भने रियल सोसिडाडको १५ खेलबाट २६ अंक भएको छ ।

लेभान्टेसँग २–१ ले पराजित भएर सोसिडाडले अंक बराबरी गर्ने मौका गुमायो । अरु खेलमा भिल्ला रियलले ओसासुनालाई ३–१ ले पराजित गर्दा सेभिल्ला र रियल भालाडोलिडले १–१ को बराबरी खेलेका छन् ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width