कर्णदासलाई मातृशोक

आदर्श समाज संवाददाता
पौष ४, २०७७
ratnakumari

पोखरा ।  गायक कर्णदासलाई मातृशोक परेको छ ।

उनकी आमा रत्नदेवी दासको ७० वर्षको उमेरमा शनिबार निधन भएको हो ।

रत्नदेवीलाई मुटुको समस्या थियो । रत्नदेवी युवावस्थामा रंगकर्ममा संलग्न थिइन् । रत्नदेवीको छोरा कर्णदास र २ छोरी छन् । उनको आइतबार क्रिस्चियन संस्कार अनुसरा अन्त्येष्ठि गरिने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width