पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)की पत्नी दिक्छेन लामा धरौटीमा छुटेकी छन् ।
मंसिर १० गते डाँकाचोरी मुद्दामा पक्राउ परेकी लामा थुनछेक बहसपछि शुक्रबार जिल्ला अदालतको आदेशबाट रिहा भएकी हुन् ।
जिल्ला अदालतका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो । फौजदारी कार्यविधि संहिता २०७४ अनुसार ५० हजार धरौटीमा रिहा गर्न आदेश भएको अदालतका स्रेस्तेदार रामप्रसाद पौडेलले बताए ।
पोखराको रक्षामार्गस्थित १ घरबाट बहुमूल्य धातु चोरी गरेको आरोप दिक्छेनमाथि छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मंसिर ४ मा जाहेरी परेको थियो ।
कात्तिक ८ गते २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु र मूर्ति डाँकाचोरी गरेको आरोपसहित जाहेरी दर्ता भएको थियो ।
प्रहरी र अदालतसँगको बयानमा दिक्छेनले आफूले चोरी नगरेको बरु उल्टै पति दीपक मनाङेले फसाउन यो प्रपञ्च रचेको बताएकी छन् ।
रोनित गुरुङको कोठाबाट चाँदीका ७ वटा अंखोरा, बुद्धको मूर्तिसहित ६ वटा मुुर्ति चोरेको भन्दै परेको जाहेरी नै प्रतिशोधपूर्ण रहेको उनले बयान दिएकी छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
hero news full width
मुख्य समाचार
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७