कोरोना नियन्त्रण सन्तोषनकः तिमिल्सिना

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७७
durga

पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कोरोना नियन्त्रणका लागि साधन स्रोतमात्रको भर नपरी सतर्कता जरुरी रहेको बताएका छन् । उनले कोभिड–१९ नियन्त्रणमा ठूला र धनी राष्ट्रलाई समेत हम्मेहम्मे परेको अवस्थामा नेपालजस्तो गरीब मुलुकले जे–जति नियन्त्रण प्रयास गरेको छ, त्यो सन्तोषजनक रहेका बताए ।

पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’ विषयक लेख संग्रह शुक्रबार पोखरामा विमोचन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सो कुरा बताएका हुन् ।

उनले भौतिक दूरी कायम र स्वास्थ्य सचेतना कायम गरी दैनिक जनजीवन सहज बनाउँदै जानु अहिलेको आवश्यकता रहेको बताए ।
राजनीतिमा कुनै व्यक्तिले गल्ती ग¥यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने उल्लेख गर्दै उनले भने, ‘केही व्यक्तिले खराब गरे भन्दैमा सबै राजनीतिकर्मी खराबै हुन् भनी संचारजगतले समाचार प्रकासन प्रसारण गर्नु हुँदैन । ाजकाल निकै नकारात्मक कुराले मात्र सञ्चारमाध्यममा स्थान पाउन थालेका छन् यसले समाजलाई निराशाउन्मुख बनाउँछ, समाज परिवर्तनका लागि सकारात्मक समाचार आवश्यक हुन्छ, यसतर्फ ध्यान म आग्रह गर्छु ।’ उनले पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचार समेत ओझेलमा पर्दै गएको उनको टिप्पणी थियो । उनले महिलाहरुलाई आरक्षण नभई खुला प्रतिष्पर्धात्मकबाट नेतृत्वमा जानुपर्ने सुझाव दिए ।

पुस्तक समीक्षा गर्दै पत्रकार केशवशरण लामिछानेले अधिकारीको पुस्तक आजको राजनीतिक, सामाजिक र पत्रकारिताको अवस्था बुझ्न निकै उपयोगी रहेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न समयमा लेखिएका लेखको सङ्ग्रहले तत्कालीन समयको चित्रण गर्ने हुँदा लेख सङ्ग्रह उपयोगी हुने विश्वास व्यक्त गरे ।

वान महासचिव समेत रहेकी लेखक अधिकारीले आफूले विभिन्न समयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखिएका समसामयिक विषयका लेख समावेश गरी पुस्तक प्रकाशन गरिएको बताइन् ।

पुस्तकमा राजनीति, महिला अधिकार, सञ्चाजगत्, समसामयिक घटनाक्रम, सामाजिक विकृति विसंगति लगायत विषयवस्तु समेटिएको छ । १६० पृष्ठको पुस्तकमा झण्डै ४ दर्जन लेख संग्रहित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width