बुद्ध सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७७
buddha

पोखरा । बुद्ध बचत तथा ऋण सहकारी संस्था, महेन्द्रपुलले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ५१ युनिट रगत संकलन भयो ।

पहिलो रक्तदाता हरिबहादुर रानालाई सहकारीका अध्यक्ष ध्रुवप्रसाद रेग्मीले ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष तथा कार्यक्रम संयोजक बासुदेव पराजुली र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष नगेन्द्रप्रसाद पोखरेलले थिए । सञ्चालन सहकारी सचिव दीपककुमार मुल्मीले गरेका थिए ।

कार्यक्रममा सहकारी सदस्य तथा बुद्ध विशाल बजार ब्यापारिक एशोसिएसन अध्यक्ष केशवबहादुर खत्रीले पनि बोलेका थिए ।

रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक टोलीले आवश्यक सामग्रीसहित विशेष सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width