म्याग्दीमा बोलेरो दुर्घटनाः एकको मृत्यु, पाँच घाइते

साधन राम्जाली
मंसिर १४, २०७७
myagdi accident

बेनी, १४ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ स्थित काफलचौरमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आज विहान करिब ११ बजे गाउँपालिकाको वडा २, बाबियाँचौरदेखि सल्यान जाने क्रममा काफलचौरमा ००१ च ०२५२ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्यागदीका प्रहगरी नायव निरीक्षक किरणजंग कुँवरले जानकारी दिए ।

दुर्घटनामा ११ वर्षिया करिस्मा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, घाइते हुनेमा चालक खुमबहादुर कटुवाल क्षेत्री, राजन के.सी., सुकला के.सी., सुनिता क्षेत्री र कृपा क्षेत्री रहेका छन् । मृतक बालिका चालककी छोरी हुन् ।

घाइते पाँच जनालाई थप उपचारका लागि बेनी अस्पताल लगिएको प्रनाउ कुँवरले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width