पोखरा । पाल्पाली समाज पोखराको २७ औं स्थापना दिवस अवसरमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इन्दु घिमिरेले पहिलो रक्तदाता सञ्जय आत्रेयलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
उनले पाल्पाली समाज पोखराको सामाजिक गतिविधिको सह्राहना गर्दै पाल्पाली चेली भएको नाताले गर्व महसुस भएको बताइन् ।
समाजले पोखरा र पाल्पाको पर्यटन प्रवद्र्धनका लागि लेकसाइडमा डिजिटल बोर्ड संचालन गरेकोमा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेश सरकारको सहकार्यमा काम गर्ने योजना आए आफूले सक्दो सहयोग गर्ने बताइन् ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष समेत रहेका पाल्पाली समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्का अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, लायन्स क्लबका क्लस्टर ऋषि गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
लायन्स क्लब पोखरा तालबाराही र पाल्पाली बहुउद्देश्यीय सहकारीको सहकार्यमा भएको कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको थियो ।
समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समाजका उपाध्यक्ष रेशम रचक थापा र संचालन सचिव केशव नेपालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
उच्च र जिल्ला बारलाई पुस्तक
लेकसाइडमा सिसी क्यामरा राख्न सांसद पहारीले सघाउने
hero news full width
मुख्य समाचार
विकास खर्च तीन वर्षयताकै कम
हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७