छोरी बलात्कार अभियोगमा पक्राउ

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७७
baran_gang_rape_2018311_83714_11_03_2018_Fotor

पोखरा, ११ मंसिर । आफ्नै छोरी बलात्कार गरेको अभियोगमा कास्कीमा बाबु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ३९ वर्षीय ती बाबुलाई मंसिर ९ गते पक्राउ गरेको जनाएको छ । निजले १३ वर्षीया नावालिग छोरीलाई केही वर्षदेखि विभिन्न बहाना बनाई जबर्जस्ती करणी गरेको जाहेरी आधारमा उनी पक्राउ परेका हुन् ।

पछिल्लो समय मंसिर ६ गते एक होटलमा लगी जबर्जस्ती अश्लील फोटो र तथा भिडियो देखाई जबर्जस्ती करणी गरेको बताइएको छ ।

निजविरुद्ध हाडनाता करणी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्ररी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले बताए।

छोरीले आफ्नै बाबुले बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएकी छन्। प्रहरीले बालिकाको पहिचान खुल्ने भएकोले आरोपित बाबुको परिचय गोप्य राखेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width