म्याग्दी, ११ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा प्रहरी चौकीको भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित मौवाफाँटमा स्थानीयले निःशुल्क जग्गा दान गरेपछि बुधबार प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भवनको शिलन्यास गरेका हुन् ।
हिरासत कक्ष, ब्यारेक र मेस, कार्यालय ब्लक सहितको प्रहरी चौकीबाट प्रदान गरिने सबै सेवासुविधा सहजै उपलब्ध हुने गरी भवनको शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए ।
उनले जग्गादाताहरुको सहयोगले भवन निर्माण गर्न लागिएको जानकारी गराउँदै समयमै भवन निर्माण सम्पन्न गर्न गाउँपालिकाले सहयोग गर्ने बताए । प्रहरी चौकीको स्थापनाले शान्ति सुरक्षासँगै वित्तीय संस्थाको आगमन लगायत विभिन्न पक्षमा सहयोग पुग्ने अध्यक्ष भण्डारीको भनाई थियो । प्रहरी चौकीमा संरचना अभाव हुँदा प्रहरीलाई कार्यसम्पादनमा समस्या भइरहेको अवस्थामा सुविधासम्पन्न भवनले सहज हुने प्रनाउ कुँवरले बताए ।
भवन निर्माण भएपछि प्रहरीलाई कार्यसम्पादन लगायतमा सहज हुने बताउँदै डिएसपी कुँवरले जग्दादातारुलाई धन्यवाद तथा आभार व्यक्त गरे । स्रोत र साधन प्रयोग गरी गाउँपालिका भित्र शान्ति सुरक्षा कायम गर्न समुदायसँगै सहकार्य गरेर अगाडी बढ्ने बताए ।
एक करोड ८७ लाख ६२ हजार ८४६ रुपैयाँको लागतमा निर्माण हुने भवन निर्माणको जिम्मा जयन्द्र श्रेष्ठ निर्माण प्रा.लि.ले जिम्मा पाएको छ । तीन रोपनी क्षेत्रफलमा बन्न लागेको भवन १३ कोठेको साढे दुई तले बन्ने छ । प्रहरी निरीक्षक दीपेन्द्रकुमार श्रेष्ठका अनुसार एकवर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक एवम वडा नं ३ का अध्यक्ष जीवनकुमार मल्ल, गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदी, जग्गा ब्यवस्थापन संयोजक मुकुन्द प्रसाद शर्मा, जग्गादाता प्रेमनाथ शर्मा, तारानाथ शर्मा, विरबहादुर विश्वकर्मा र मिठु खत्री लगायत स्थानीय आमा समुह, यूवा क्लवका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
आत्महत्याका घटना रोक्न सचेतना, साउन यता कास्कीमा ७७ जनाले गरे आत्महत्या
hero news full width
मुख्य समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित
माघ ९, २०७७