स्वास्थ्य चौकीलाई नेलम्बोको सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७७
nelambo

पोखरा । नेलम्बो नेपालले पोखरा महानगर–१८, सराङ्कोट र माछापुच्छ«े गाउँपालिका–२, सार्दीखोलास्थित स्वास्थ्य चौकीलाई छुट्टाछुट्टै कोभिड–१९ विरुद्ध स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापालाई पीपीई, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन–९५ माक्स, डिस्पोजिवल पञ्जा, साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, फेस शिल्ड, थर्मलगन, डिउरासेल ब्याट्री लगायत करिब ७४ हजार बराबरको सामग्री सहयोग गरिएको संस्थाका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले बताए ।

उता, सार्दीखोला स्वास्थ्य चौकीलाई पीपीई, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन–९५ माक्स, डिस्पोजिवल पञ्जा, साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, फेस शिल्ड र हेड कभर गरी करिब ३४ हजार ५ सय बराबरको सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले वडा–२ का वडाध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

सहयोगपछि दुवै वडाका वडाध्यक्ष थापा र गुरुङले आभार प्रकट गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै