पोखरा । पोखराबाट बुधबारदेखि एभरेस्ट एफएम ९३ मेघाहर्ज सञ्चालनमा आएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको कम्पनी अध्यक्ष कर्मकुमारी गुरुङले ट्यून अन गरी शुभारम्भ गरिन् ।
कम्पनीले यसअघि एभरेस्ट आवाज डटकम सञ्चालनमा ल्याइसकेको छ । चाँडै यूटूब च्यानल टिभी एभरेस्ट सञ्चालनमा ल्याउने जनाइएको छ ।
एफएमलाई आवाजविहीनको आवाज बनाउन कोशिस गरिने एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनले पत्रकारिता नाफामुखी नभई सेवामुखी भएको बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिँदै एभरेस्ट एफएम नामजस्तै उच्च हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुली, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच, मिडिया हाउसले मानव सेवा आश्रमलाई १ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ । मिडिया हाउस अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रमका होमनाथ तिमिल्सिनालाई हस्तान्तरण गरेकी हुन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१