पोखरा, १० मंसिर । पत्रकार एवं अधिवक्ता सुष्मा पौडेल मानव सेवा आश्रमको कानूनी सल्लाहकार तथा अभिभावक परिवार कास्की संयोजक चयन भएकी छिन् ।
सामाजिक अभियन्ता तथा युवा उत्प्रेरक पौडेल पत्रकारितासँगै परोपकारी कार्यमा सक्रिय छन् । उनले दुःखी, गरिब, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा वेसहारालाई सेवा गर्दै आएकी छन् । विभिन्न तालिम, सचेतनामूलक कार्यक्रम तथा समाज रुपान्तरणमा सहयोग पुग्ने उनले विभिन्न १४ अभियानको नेतृत्व लिएकी बताइन् ।
नेपाल पत्रकार महासंघको निवर्तमान केन्द्रीय सदस्य पौडेल मानव सेवा आश्रमको अभिभावक परिवार कास्की संयोजक समेत चयन भएकी हुन् ।
जसको सदस्यसचिव आश्रमका अभियन्तातर्फबाट जिल्ला संयोजक राजन सापकोटा छन् । १९ सदस्यमा विष्णुबहादुर भट्टराई, राजेश फुयाँल, होमराज भट्टराई, दिनेश शर्मा, शोभा पौडेल, मदन थापा, दुर्गाप्रसाद तिमिल्सिना, राहुल पाण्डे, मेघमान श्रेष्ठ, विष्णु गुरुङ एकता, शान्ति न्यौपाने, लक्ष्मी भट्टराई, कमला पराजुली, लक्ष्मी थापा, कुलमाया क्षेत्री, धर्मराज बास्तोला, धनबहादुर थापा र लालशिव गोगी चयन भएको संस्थाका केन्द्रीय कोषाध्यक्ष अभियन्ता होमनाथ तिमिल्सिनाले बताए ।
कास्कीमा हाल पोखरा–१७ छोरेपाटन र पोखरा–२५ हेमजामा गरी २ आश्रममा १ सय ३ जना आश्रित छन् ।
‘सबैलाई नाना, छाना र खाना’ नाराका साथ देशका विभिन्न १५ जिल्लामा मानव सेवा आश्रमको शाखा विस्तार भैसकेको छ ।
Related News
सम्बन्धित समाचार
शिवमायालाई ललित गौचन समाजसेवा सम्मान
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७