युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०७७
Pradip Poudel

पोखरा  । पत्रकार प्रदीप पौडेललाई यस वर्षको युआरएल पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

इमेज च्यानलका गण्डकी ब्यूरो प्रमुख पौडेल रेडियो बाराहीका समाचार संयोजक पनि हुन् । २०५९ मा पत्रकारिता सुरु गरेका उनी फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिव हुन् ।

मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

यसअघि यो पुरस्कार ऋषि खतिवडा, यदुनाथ वञ्जारा र सुरेन्द्र पौडेललाई दिइएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width