पोखरा । लायन्स क्लब अफ पोखरा आदर्शचौतारीले शनिबार पोखराको भीमकालीस्थित संस्कृत विद्यालयलाई सहयोग प्रदान गरेको छ ।
प्रमुख अतिथि क्लस्टर प्रमुख माधव पौडेलले सहयोग सामाग्री हस्तान्तरण गर्दै कोरोनाका कारण विद्यालय समेत प्रभावित हुँदा सहयोगी मन हुँदाहुदै पनि निरन्तरता दिन नसकेकोमा दुख प्रकट गरे । उनले आगामी दिनहमा बालबालिका लक्षित सहयोग कार्यक्रम रहने बताए ।
क्लब अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव कोइराला, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लीलाराज श्रेष्ठ, गुरूकुल संयोजक विष्णुप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा विद्यालयका आवासीय बटुकलाई करिब २० हजार बराबरको खाद्यसामग्री, मास्क, साबुन, सेनिटाइजर वितरण गरिएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष वसन्तराज कोइराला र सञ्चालन क्लब सचिव दामोदर आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा, माटो निकाल्ने कार्य सुरु
पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि
hero news full width
मुख्य समाचार
बालुवाटार छिरे विप्लव
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७फेदीखोलामा मजदुरलाई परिचयपत्र
फागुन २१, २०७७सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
फागुन २०, २०७७