पोखरा, ६ मंसिर । पोखराका शिक्षासेवी, सञ्चारउद्यमी एवं वातावरणविद् इ. लेखबहादुर गुरुङको शनिबार दिउँसो निधन भएको छ ।
पोखरा इन्जिनियरिङ कलेजका संस्थापक प्रिन्सिपल तथा हिमचुली एफएमका संस्थापक इ. गुरुङको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारक्रममा ६८ वर्षको उमेरमा निधन भएको हो ।
कलेज परिसरमै गत कात्तिक २५ गते एक्कासी ढलेपछि उनलाई मणिपाल शिक्षण हस्पिटलबाट काठमाडौं लगिएको थियो । उनको मस्तिष्क पक्षघातसँगै मिर्गौला समस्याबाट मृत्यु भएको परिवारजनले जनाएको छ ।
सफल शिक्षाविद्, समाजसेवी एवं कुशल प्राध्यापक इ. लेखबहादुरको जन्म २०१० भदौ ५ मा स्याङ्जा सिर्सेकोटमा भएको हो । उनी हाल पोखराको जरेवरमा परिवारसँगै बस्दै आएका थिए । परिवारमा श्रीमती हीरा गुरुङ, २ छोराहरु अम्बर र डा. शैलेस गुरुङ, बुहारी र एक नाति छन् ।
स्व. गुरुङको आइतबार पोखराको सेती नदी किनार शक्तिघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । त्यसअघि पोखरामा शव ल्याई आइतबार बिहान १० बजेदेखि पोखरा इन्जिनियरिङ कलेज प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ।
Related News
सम्बन्धित समाचार
बालुवाटार छिरे विप्लव
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फेदीखोलामा मजदुरलाई परिचयपत्र
hero news full width
मुख्य समाचार
सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति
फागुन २०, २०७७अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
फागुन २०, २०७७पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
फागुन २०, २०७७उपभोक्तालाई नै छैन वास्ता, राेकिएन ठग्ने ठगिने क्रम
फागुन १९, २०७७‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
फागुन १९, २०७७