नयाँदिल्ली, ४ मङ्सिर । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।
मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्याएको उनले बताए।
केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । “दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,” मुख्यमन्त्री केजरीवालले भने।
उनले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे।
धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे।
कोरोनाभाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन्।
बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताए।
“सवै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उहाँहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु,” उनले भने।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१