‘म्हः पूजा’ अर्थात् आफैँलाई पूजा गर्ने दिन

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७७
ma puja

फाेटाे सामाजिक सञ्जालबाट

आज आफैँलाई पूजा गर्ने दिन अर्थात् म्ह: पूजा । म्ह: पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन मनाउने गरिएको छ । नेवार समुदायका मानिसहरुले भने आज बेलुकी आत्म (म्ह) पूजा गरी मनाउँदैछन्। आत्मा नै सबैभन्दा ठूलो हो भन्ने मान्यताअनुसार म्ह पूजा गर्ने परम्परा बसेको हो ।

विगत वर्ष जस्तै म्ह पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवत्कै दिन आत्म पूजा गर्नेले सोमबार गर्न लागेका हुन् । म्ह पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार १४१ वर्ष अघिदेखि शुरु भएको नेपाल संवत् सँग जोड्नु नहुने समितिका सदस्य कीर्तिमदन जोशीले बताए।

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाडबाडमाथि हस्तक्षेप गर्दा यस्तो समस्या आएको उनको भनाइ छ।

नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्व हिन्दु तथा बौद्ध दुवैले श्रद्धापूर्वक मनाउने गर्दछन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads