रहेनन् पूर्वमन्त्री गौतम

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७७
late gautam

पोखरा । पूर्वमन्त्री तथा संविधानसभा सदस्य भीमप्रसाद गौतमको निधन भएको छ ।

निमोनिया रोगबाट पीडित गौतमको ७० वर्षको उमेरमा बन्दीपुर १, पिप्लेस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएकोमा घरमै निधन भएको हो । उनको पवित्रस्थल देवघाटमा दाहसंस्कार गरिएको छ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला गौतम भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका थिए । गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको नेकपा तनहँुले जनाएको छ ।

स्व. गौतमप्रति अन्तिम श्रद्धाञ्जली दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width