विश्वकप छनौट खेलमा अर्जेन्टिनाको बराबरी

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७७
Argentina fc

पोखरा, २८ कार्तिक । विश्वकप २०२२ को छनौट खेलमा अर्जेन्टिना बराबरी खेलेको छ । नेपाली समय अनुसार आज विहान पाराग्वेसँग भएको खेलमा १–१ गोलसहित बराबरी खेल्दै अंक बाडेको हो ।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले यसमअघि दुई खेल जितिसकेको थियो ।

खेलको २१ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । पाराग्वेका एन्जल रोमेरोले पेनाल्टीमा सहज गोल गरेका थिए ।

खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले जिओभानी लो सेल्सोको कर्नरमा निकोलस गोन्जालेजले हेडरमार्फत बराबर गोल फर्काएका थिए । उनी पहिलो हाफको ३१ औं मिनेटमा एजेकेल पालासिओसको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लियोनल मेस्सी, लौटेरो मार्टिनेज, एन्जेल डि मारिया लगायतका स्टार खेलाडीसहित मैदान उत्रेको अर्जेन्टिनाले बराबरी खेल्दा ३ खेलमा ७ जोड्दै पहिलो स्थानमा छ । २ खेल खेलेर ६ अंक सहित ब्राजिल दोश्रो स्थानमा छ । ब्राजिलले नेपाली समय अनुसार शनिबार विहान ६.१५ मा भेनेजुयलासँग खेल्दै छ ।

आजकै अर्काे खेलमा इक्वेडरले बोलिभियालाई ३–२ ले हराएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width