जुवाको खालबाट ७ जना पक्राउ

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
Tass

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ शेहेरीबाट प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको छ ।

नारायणजंग कार्कीको घरमा जुवा तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ४२ हजार १ सय ७० रुपैयाँ नगद, विदेशी मुद्रा २६० दिराम र ३ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकालाई जुवा मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मध्यविन्दु ७ निवासी ३० वर्षीय भवानीशंकर थनेत, ३१ वर्षीय कृष्ण कुमाल, मध्यविन्दु १ निवासी खोरबहादुर चौधरी, मध्यविन्दु २ निवासी ३७ वर्षीय सुनबहादुर आले, ३५ वर्षीय हेमलाल थनेत, ३३ वर्षीय उदय उप्रेति, ४५ वर्षीय पदम राना रहेका छन् ।

नवलपुरको कावासोती र मध्यविन्दुमा दशैंपछी ३२ जना जुवाडे पक्राउ परेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width