जन्मदिनमा अक्षयकोष

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७७
sanjiv koirala

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइरालाले जन्मदिनमा पुरस्कारका लागि अक्षयकोष स्थापनाको घोषणा गरेका छन् ।

उनले अक्षयकोष स्थापनाको घोषणा गर्दै ‘उत्कृष्ट जिल्ला नगर उद्योग वाणिज्य संघ पुरस्कार’ दिने बताए । जन्मदिनको अवसरमा निजी क्षेत्रकै लागि केही गरौँ भनी सो कार्य गरेको उनले बताए ।

पोखरा उद्योग वाणिज्य संघ पूर्व अध्यक्षसमेत रहेका कोइरालाले २०६९ सालदेखि संघका गतिविधिमा सरिक हुँदा भत्ताबापत् प्राप्त करिब २ लाख रुपैयाँसहित ५ लाखसम्मको अक्षयकोष बनाउने बताए ।

महासंघ गण्डकीअन्तर्गत संचालन हुने सो अक्षयकोषबाट प्राप्त व्याजमार्फत् गण्डकी प्रदेशभित्रका उत्कृष्ट उद्योग वाणिज्य संघलाई पुरस्कृत गरिने कोइरालाले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै