शुक्लागण्डकीका केही स्थान ६ दिन बन्द

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७७
Shuklagandaki (1)

पोखरा, १९ कार्तिक । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएको भन्दै शुक्लागण्डकी नगरपालिकाले कार्तिक २५ गतेसम्म विभिन्न सेवाहरु बन्द गर्न अनुरोध गरेको छ ।

आज बसेको कार्यपालिकाको वैठकको निर्णय अनुसार नगरभित्र पृथ्वीराजमार्ग अन्तर्गतका मुख्य बजार तथा आसपासका बजार क्षेत्र, दुलेगौंडाको कवासे बजार, ढोरफिर्दी र साँखेबजार क्षेत्रका विभिन्न सेवाहरु बन्द गर्न लगाएको छ ।

नगरपालिकाले अत्यावश्यक सेवा अन्तर्गत स्वास्थ्य, सरसफाई, विपद् व्यवस्थापन सम्बन्धि कार्यहरु गर्न पाइने जनाएको छ । सवारी साधनमा एम्बुलेन्स, शववाहन, औषधी, दुग्धपदार्थ, पानी र इन्धन बोक्ने सवारी तथा सरकारी नम्बर प्लेटका सवारी मात्र सञ्चालन गर्न पाइने भएको ।

नगरपालिका अन्तर्गत रहेका वैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु पनि यो अवधिमा सञ्चालन गर्न पाइने छैन । त्यस्तै सार्वजनिक तथा निजी संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा र उद्योग कलकारखाना पनि बन्द हुनेछ ।

नगर भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि यो अवधिमा सञ्चालन गर्न पाइने छैन । कक्षा ११ को परीक्षा भने सञ्चालन हुने छ ।

यसवाहेक, सर्वसाधरणलाई घरबाहिर जानै परे अनिवार्य मास्क प्रयोग गर्न र भौतिक दूरी कायम राख्न भनेको छ । यो अवधिमा धार्मिक तथा सामाजिक कार्यका लागि भेला हुन समेत पाइने छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width