पोखरा–३० को प्रोफाईल सार्वजानिक

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७७
pok 30

लेखनाथ, १७ कार्तिक । पोखरा महानगरपालिका वडा नं ३० ले वडाको पाश्र्वचित्र तयार पारेको छ । वडाको सम्पूर्ण वस्तुस्थिति समेटेर तयार पारिएको ऐतिहासिक दस्तावेज सहितको प्रोफाईल (पाश्र्वचित्र) आज सार्वजानिक गरिएको छ ।

वडाको भौगोलिक, आर्थिक तथा तथ्याङ्कमुलक पुस्तकको सोमवार पोखरा महानगरका प्रमुख मानवहादुर जिसीले सार्वजानिक गरे ।

आर्थिक वर्ष २०७५÷७६ सम्मको गतिविधी समावेस ८६ पृष्ठ लामो पुस्तकको सार्वजानिक गर्दै प्रमुख जिसीले भविष्यलाई चित्रित गर्ने गरि तयार पारिएको पुस्तक वडा नं ३० का जनतालाई मात्र नभई समग्र पोखरा र सवै स्थानीय तहका लागि पठनयोग्य र प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडाअध्यक्ष श्रीराम पोखरेलले वडाको भविष्यलाई निर्देशित गराउन सहज हुने गरि तयार पारिएको पुस्तक वडाको सम्पति र भोलिको लागि मार्गनिर्देशन हुने बताए ।

सोही अवसरमा वडा सदस्य सोमलाल कँडेलले सवैको साथ र सहयोगले दस्तावेज तयार पारिएको बताए ।

पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य सोमलाल कँडेलले र सञ्चालन वडासचिव दुर्गा न्यौपानेले गरेकी थिईन् ।

Related News

सम्बन्धित समाचार

hero news full width