बुटवल, कात्तिक ११ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका –११ की ५० वर्षीया महिलाको सोमबार राति ८ः१७ बजे र बुटवल उपमहानगरपालिका– १३ का ५२ वर्षीय पुरुषको आज बिहान करीब ६ बजे निधन भएको हो ।
महिलामा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना गरिएको थियो ।
बुटवलका पुरुष यही कात्तिक ७ गते रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन अस्पताल भर्ना भएका थिए । उनको पनि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएको र उपचारका क्रममा मृत्यु भएको डा गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१