अविवाहित र एकल पुरुषलाई मासिक भत्ता   

रासस
कार्तिक ७, २०७७

फुङ्लिङ, ७ कात्तिक । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताइन्।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width