‘निदाउँके सपनीमा’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७७
nidauke sapanima

काठमाण्डौ। कोरोना महामारीबीच फ्रन्टलाईनमा रहेर बिरामीको सेवा गर्ने दुई डाक्टरको प्रेमकथामा आधारित सांगीतिक भिडियो ‘निदाउँके सपनीमा’ सार्वजनिक भएको छ । दशैँको छेकोमा सार्वजनिक भिडियोमा समावेश गीतमा सुगम पोखरेल र कबिता श्रेष्ठको स्वर रहेको छ । रमेश कुमार श्रेष्ठका शब्दमा एलिश कार्कीको संगीत रहेको छ ।

भिडियोमा ‘प्रेम गीत ३’ अभिनेता मनिष राउत र मोडल रेश्मा घिमिरेको जीवन्त अभिनय रहेको छ । गीतको भिडियोले फ्रन्टलाईनमा रहेर बिरामीको उपचार गर्ने क्रममा आँफै संक्रमित हुनुपरेपछिको अवस्थालाई देखाएको छ । भिडियोमा बिहेपछि पहिलो पटक दशैँ मनाउन तयारी गरिरहेको बेला रेश्मालाई कोरोना संक्रमण भएपछि अस्पतालमा नै टिका लगाएको दृश्य तथा उपचारको क्रममा सिसा बाहिरबाट श्रीमती हेरेर रुनु पर्दाको दृश्यहरु कारुणिक रहेका छन् ।

भिडियोको निर्देशन चलचित्र निर्माता तथा निर्देशक सन्तोष सेनले गरेका छन् । सन्तोष भन्छन्, ‘म्यूजिकल लभ स्टोरीमा दुई डाक्टरको लभलाईफलाई देखाउन खोजेको छु । यो गीत कोरोना महामारी बीचमा फ्रन्टलाईनमा रहेर काम गर्ने सबैलाई सम्मान स्वरुप समर्पण गरेका हौँ । गीतमा नागरिकको सेवा गर्दै गर्दा कोभिड-१९ को संक्रमण भएपश्चातको कथा देख्न सकिन्छ ।’

बिरामीको उपचारमै रहँदा कोरोना संक्रमण भएका डाक्टरलाई समाजले गरेको दुर्व्यवहार सम्झँदै निर्देशक सेन भन्छन्, ‘जीवनमा सबैभन्दा नजिक भएको मान्छे चाड पर्वको समयमा कोभिड-१९ बाट संक्रमण हुँदा कसैको मनमा के बितेको होला ! त्यहिँमाथी कोरोना संक्रमणपछि समाजले छिछि दुर दुर गर्ने, हेला भावले हेर्ने गरेको पाईयो । आफ्नो ज्यानको बाजी राखेर उहाँहरुले नै फ्रन्टलाईनमा बसेर बिरामीको उपचार गरिरहनु भएको हुन्छ । उहाँहरुले कोरोना संक्रमित भनेर कसैको अपहेलना गर्नुभएको छैन । उहाँहरुको कामलाई सम्मानस्वरुप यो गीत ल्याएका हौँ ।’

अभिनेता मनिष राउतले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सांगीतिक रुपमा देखाउन खोजेको बताए । ‘आँशुसेन फिल्मससँग म एकदमै नजिक छु, जसको कारण पनि म यो भिडियोमा जोडिने अवसर पाएको हुँ । आत्मैबाट राम्रो बनाउने कोशिस गरेका छौँ । यो भिडियोले फ्रन्टलाईनमा काम गर्नेहरुको ‘डेडिकेशन’लाई सम्मान गर्छ ।’

आँशुसेन फिल्मसको प्रस्तुतीमा बनेको गीतका निर्माता प्रितम बिष्ट हुन् । पुरुषोत्तम प्रधानको डिओपी रहेको छ भने भुपेन्द्र अधिकारीको सम्पादन तथा रेनिश फागोको कलर ग्रेडिंग रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । अहिलेको चर्चित गीत ‘म त ढलें ढलें..’ सबैको मुखमा झुण्डिएको छ । मेल महोत्सव, विभिन्न कार्यक्रममा समेत यही…
  • मिस तामाङमा १३ प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता पौष १, २०८१
    पोखरा । सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाज पोखराले नवौं मिस तामाङको तयारी गरेको छ । आगामी १२ माघमा पोखरा…
  • सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी

    विजय नेपाल मंसिर १९, २०८१
    पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्र क्षेत्रको विकासका लागि विभिन्न विषयलाई प्राथमिकता दिएर दू्रत गतिमा काम…
  • ‘मनमाया’ गीतको भिडियो सार्वजनिक

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । किरण शंकर र सुमिना लोको आवाजमा रहेको ‘मनमाया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पोखरामा शुक्रबार आयोजित…
  • निर्देशक कमल गुरुङ सम्मानित

    आदर्श समाज सम्वाददाता कार्तिक २६, २०८१
    पोखरा । गुरुङ फिल्मका निर्देशक कमल गुरुङ तनहुँमा सम्मानित भएका छन् । शनिबारदेखि तनहुँको दमौली सुरु भएको नेपाल तमु (गुरुङ)…

hero news full width