काठमाडौँ, ३ कात्तिक । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । विभागले सवारीसाधनमा साविक भाडादर कायम गरिएको पनि बताएको छ । मन्त्रिपरिषद्को गत २६ गतेको निर्णयानुसार सिट क्षमताअनुसार यात्रु राख्न पाउने व्यवस्थाका कारण सवारीसाधनले बढी भाडा लिन नपाउने भएका छन् । सरकारले गत महिना सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्ने र तोकिएकोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी डा लोकनाथ भुसालले बताए ।
गत असोज २६ गते बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा सवारीसाधनले सिट क्षमताअनुसार यात्रु राख्न पाउने हुँदा बढी भाडा लिन नपाउने भएका हुन् । सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो । सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ । अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको विकल्प नभएको सूचना अधिकारी डा भुसालले बताए । उनले भने, ‘मापदण्डको पालना भए/नभएको हामीले पनि अनुगमन गरिरहेका छौँ ।’
Related News
सम्बन्धित समाचार
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१