पोखरा, २ कार्तिक । पोखरा महानगरपालिकालाई चीनको भगिनी सहर कुनमिङले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कुनमिङ सहरबाट आएको स्वास्थ्य सामाग्री आइतबार पोखरा महानगरलाई हस्तान्तरण गरिएको छ ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयूक्त रुपमा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले हस्तान्तरण गरे ।
कुनमिनले २० हजार सर्जिकल मास्र्क, दुई हजार पीस केएन९५ मास्र्क, ७ सय ५० पीस पिपिई ग्राउण्ड र चार सय थर्ममिटर सहयोग गरेको पालिखेले बताए । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोना भाइरससंगको लडाईमा भगिनी सम्वन्ध स्थापित सहरबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताए ।
कुनमिङले गत जेठमा पनि पोखरा महानगरलाई स्वास्थ्य सामाग्री सहयोग पठाएको थियो । कुनमिङले ३१ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको पोखरा महानगरका बैदेशिक समन्वय सहजकर्ता लक्ष्मण तिमिस्लिनाले बताए । चीनबाट सामग्री ल्याउने समन्वय विश्वशंकर पालिखेले गरेका थिए । नेपाल र चीनका नाकाहरु बन्द भएका कारण हवाई सेवा मार्फत स्वास्थ्य सामाग्री नेपाल ल्याएको पालिखेले बताए ।
भगिनी सम्बन्ध जोडेका चीनका लिञ्जी, ग्वाङ्झाओबाट समेत गत जेठमा एक करोड बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको पोखरा महानगर समन्वयकर्ता लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । कुनमिङसंग सन् २००१ मा पोखरा महानगरले भगिनी सम्वन्ध स्थापित गरेको थियो । हाल सम्म महानगरले १३ वटा देशसँग मितेरी सम्वन्ध स्थापना गरेको छ ।
चीनको कुनमिङको सहरले पठाएको स्वास्थ्य सामाग्री पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गदै विश्वशंकर पालिखे ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१