३५ घरलाई एउटा धारा

सविन लामिछाने
कार्तिक २, २०७७
Tap

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका २ आरथुम्काकी सुस्मीता भुजेलको घण्टौं समय पानी ओसार्दै वित्छ । घर गाउँभरिको एउटा मात्रै धारा छ । ३५ घरका मान्छे पानी लिन पुग्दा सँधै धारामा भीड लाग्छ । ‘सिगो गाउँलेले यही धाराबाट पानी खान्छन् । पानीको धेरै दुःख छ,’ उनले भनिन्, ‘अन्ततिर त घरघरै धारा लागेको समाचारमा आउँछ । हाम्रा घरमा कहिले धारा आउला ?’ भुजेल समुदायको बस्ती रहेको यो गाउँमा खानेपानीको सकस छ ।

स्थानीय मनमाया चुजेलले खानेपानी ओसार्दै दिन वित्ने गरेको सुनाईन् । ‘१० मिनेटमा हिडेर धारामा पुगिन्छ । घरसम्मै लाइन हुन्छ । पानी ओसार्दै आधा दिन वित्छ,’ उनले भनिन्, ‘सबैको घर घरमा खानेपानीको धारा आउछ भनेका थिए नेताहरुले । अहिलेसम्म आएन ।’ अलि समयअघि गाउँमा ४ वटा धारा थिए । अरु विग्रिएपछि अहिले सबै एउटै धारामा धुरिन्छन् । गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अभियानलाई तीव्रता दिएको छ । तर प्रदेश सरकारको अभियानले भुजेल बस्तीलाई छोएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width