पोखरा । बअपूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले बुढिगण्डकी परियोजनामा तीन ठूला नेताको नाम जोडेर आर्थिक चलखेलको अभिब्यक्ति दिएपछि राजनीतिक बृत्तमा ठूलै तरंग पैदा भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले परियोजनामा भ्रष्टाचार गरेको आरोप भट्टराईले लगाएका थिए । यद्यपी दुवै पार्टीले विज्ञप्ती निकालेर अनियमितताको प्रमाण दिन भट्टराईलाई चुनौति दिएका छन् । तर भट्टराईले अनियमितता भएको प्रमाण आफुसँग भएको र छानविनमा पूर्ण सहयोग गर्ने बताईरहेका छन् ।
सोही परियोजना र आर्थिक अनियमितताको बिषयलाई लिएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले समेत आर्थिक चलखेलकै कारण परियोजना अन्योलमा फसेको बताए । उनले डा. भट्टराईको अभिब्यक्ति सत्य भएको तर्क गरेका छन् । परियोजना सम्झौताका बेला उनी आयोगको उपाध्यक्ष थिए । ‘एउटाले गरेको काम अर्को सरकारले उल्ट्याउनै पर्छ र ? निर्णय त फेरियो ठिकै छ, लागत कसरी बढ्यो ?,’ उनले भने, ‘यसको केहि कारण त होला । नत्र एउटाले गरेको निर्णय अर्कोले फेर्नुपर्दैन ।’
आर्थिक एजेण्डामा राजनीति हावी भएर चलखेल बढेको उनको आरोप छ । ‘रोटी पकाएपछि रहेको टुक्रा झर्दो रहेछ । सरकारले पनि त्यही टुक्राका लागि निर्णय पटकैपिच्छे फेरेका हुन्,’ उनले थपे, ‘१८ अर्व क्षति पुर्तिको रुपमा दिएको छ । १४ अर्व दिएपछि परियोजना नै पूरा हुन्छ भन्ने छ । सबै पूरा भएपछि धमाधम कार्यान्वयनमा लैजानु पर्दैन ? के कुराले रोकेको छ ?’
बुढीगण्डकी जलासयमा आधारित सबैभन्दा ठूलो जलविद्युत परियोजना हो । नेपालीकै लगानीमा परियोजना कार्यान्वयन गर्ने तयारी थियो । नेपालले नसक्ने भएपछि चीनको गेजुवा कम्पनीलाई ठेक्का दिईयो । त्यो सम्झौता समेत रद्ध गरिएको छ । नेपालमा सञ्चालित सबै ठूला आयोजनामा भ्रष्टाचार हुने गरेको क्षेत्रीको आरोप छ । ‘१२ अर्वमा सक्ने भनिएको पोखरा एयरपोर्टको लागत दोब्बर कसरी पुग्यो ? मेलम्ची ५ बर्षअघि पूरा गर्नुपर्ने हो । अपर तामाकोशीको काम किन अलमलमा छ ?,’ उनले प्रश्न गरे, ‘सबै कारण भनेको भ्रष्टाचार हो । केही नलिई यस्ता निर्णय हुँदैनन् ।’ नेपालको पछौटेपनलाई नेताहरुले बुझ्न नसकेका क्षेत्रीले बताए ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१