लागू औषध सहित एक पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७७
1562768011kaski_police

पोखरा । लागू औषध सहित पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा ३ नदीपुरबाट घान्दु्रकका २० बर्षीय प्रकाश विकलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार तथा बिक्रिबितरण भईरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय वगरबाट टोलि खटाएर उनलाई पक्राउ गरिएको हो ।

उनको साथबाट ६५० ग्राम गाजाँ बरामद गरिएको छ । गाँजा बोकेर हिडिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनलाई लागू औषध नियन्त्रण ऐन अनुसार १८ दिन म्याद थपेर अनुसन्धान अघि बढाईएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width