पोखरा । उमेरले झण्डै शताब्दी छुनै लागेका बाबु बिरामी परेपछि अस्पताल भर्ना गरियो । ४ छोरा र १ छोरीका पिता, त्यसमा पनि नेकपा जिल्लास्तरमा राम्रो पकड छँदै थियो । बाबुलाई भेट्न छोराहरू लगायत आफन्त, शुभचिन्तक बरोबर अस्पताल आइरहे । यता बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू र परिवारका अन्य सदस्यलाई विस्तारै कोरोना देखिन थाल्यो । एक साताभित्रै बाबु सहित २ छोराहरुको मृत्यु कोरोनाका कारण भयो । यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने गरेको यसप्रकारको मृत्यु घटनाको झल्को दिने गरी ३ सदस्यको मृत्यु भएपछि सिंगो भिमाद शोकमा डुबेको छ । जेठा छोरा र माहिली बुहारी भेन्टिलेरमा उपचार गराईरहेका छन् । यसले थप संशय छँदैछ ।
तनहुँको साबुङ हाल घिरिङ गाउँपालिकाका धर्मकुमार श्रेष्ठको परिवार पहिले नै पहाडबाट तराई झर्याे । खेति किसानी मुल पेसा हो । परिवारमा श्रीमती, ४ छोरा र १ छोरी थिए । नाति नातिना जन्मे । समय क्रममा जेठा छोरा रामकुमार काठमाडौं बस्न थाले । प्रगतिशील साहित्यकार उनी साहित्यमा राम विनय नामले चिनिन्छन् । लामो समय कृषि विकास बैंकमा काम गरेपछि रिटायर्ड भएका थिए ।
माहिला कृष्णकुमार र साहिला विष्णुकुमार व्यापार व्यवसायको सिलसिलामा आफ्नै गाउँठाउँ फर्के । तनहुँको हाल भीमाद नगरपालिका वडा ६ मा दुई भाइले कपडा व्यापार गरे । कृष्णकुमार नेकपा प्रदेश कमिटिका पूर्व सल्लाहकार भएर पनि काम गरे । उनी पुर्व जिविस सदस्य थिए । साहिँला विष्णुकुमार नेकपाका जिल्ला सदस्य मात्र बने । कान्छा अमृतकुमार भने चितवनमै बाबुआमासँग बसे । एकमात्र छोरीको विवाह भएर पोखरामा जीवनयापन हुँदै आएको थियो ।
जीवन हाँसीखुसी नै थियो । तर असोज तेस्रो साता श्रेष्ठ परिवारमा महामारीको रूपमा विश्वभर फैलिएको कोरोना छिर्याे । परिवार छिन्नभिन्न बनायो । निमेषमै खुसी खोसेर लग्यो । असोज १८ साहिँला विष्णुकुमारको चितवन मेडिकल कलेजमा मृत्यु भयो भने असोज २४ मा माहिला कृष्णकुमारको काठमाडौंको विएनवि अस्पताल र असोज २५ मा बाबु धर्मकुमारको मेडिसिटीमा निधन भयो ।
भिमाद निवासी दधिराज सुवेदीका अनुसार चितवनमा कान्छा छोरासँग बस्दै आएका बाबु धर्मकुमार २ साता अघि बिरामी परेका थिए । बुढ्यौली उमेरमा विभिन्न समस्या बेलाबखत आउँथ्यो । चितवन मेडिकल कलेज (सिएमसी) मा भर्ना गरिएका उनलाई बढी च्यापेपछि काठमाडौं मेडिसिटी रेफर गरियो । उपचारकै क्रममा उनलाई कोरोना पुष्टी भएको हो । बिष्णुलाई सुरुमा घाँटी समाउने र श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्समा राखेर अस्पताल लैजाँदा लैजाँदै बाटैमा ज्यान गएको अनुमान छ । किनकि सिएमसीका चिकित्सकले उपचार गर्न नपाई एकै पटक मृत घोषणा गरेको जानकारी परिवार सदस्यलाई दिएका थिए । उनमा मधुमेहको समस्या थियो ।
सो घटनाको भोलिपल्ट माहिला कृष्णकुमारलाई कोरोनाकै लक्षण देखियो । उनलाई तुरून्तै काठमाडौं बिएनबी पुर्याइयो । परीक्षणमा कोरोना पुष्टि भएको उनको भाइ बितेको ५ दिनपछि उपचारकै क्रममा मृत्यु भयो । उनी त्यसको केही दिन अघिमात्र प्नोष्टेटको अप्रेसन भई घरमै आराम गरिरहेका थिए । धर्मकुमारको भोलिपल्ट मृत्यु भयो । २०१०/११ सालतिरै अखिल नेपाल किसान संघमा आबद्द रहेका उनी नेकपामा जिल्लास्तरमा पुराना नेताका रूपमा चिनिन्छन् । उनले २०१५ सालको संसदीय निर्वाचनमा कम्युनिस्टका उम्मेद्वार तुलसी प्रसाद श्रेष्ठलाई जिताउन सबैभन्दा अग्रमोर्चा रही चुनाव प्रचारमा खटिएका थिए । कहिलेकाहीँ भिमादमा पनि छोराहरूसँग बस्ने उनले गत वर्षमात्रै श्रीमती गुमाएका थिए ।
यता, परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौमा उपचार भैरहेको छ । माहिली बुहारी (कृष्णको श्रीमती) विश्वशान्ति पनि कोेरोना संक्रमित छन् । उनलाई कोरोनाले च्यापेपछि काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार भैरहेको भिमाद ६ का वडाध्क्ष श्यामसुन्दर जोशीले जानकारी दिए ।
यतिमात्र कहाँ हो र साहिँली बुहारीको सोमबारमात्र पिसिआर टेष्टमा पोजेटिभ देखिएको जनाइएको छ । उनी हाल परिवारका सदस्य गुमाउँदा शोकको घडीबीच भिमाद घरमै आइसोलेसनमा बसेकी छन् । उनको गाडीका चालकलाई पनि कोेरोना देखिएको छ । परिवारमा सबैभन्दा पहिले कोरोना देखिएका कान्छा अमृतकुमार भने असोज १७ मा निको भएका छन् । भिमाद ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले मृत्युको घटनाले सिंगो भिमाद शोकमा डुबेको बताए । उनका अनुसार हिजोमात्रै भिमादका ६ जनामा कोरोना देखिएको छ । बजार पसल कम खुलेका छन् । यता गण्डकी प्रदेशमा हालसम्म ५ हजार १ सय जना संक्रमित भैसकेका छन् । कोेरोना संक्रमण दर लगातार बढिरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१