पोखरा । सबैजसो प्रदेशले नामाकरण र स्थायी राजधानीको बिषयलाई लिएर तनाव झेल्नुपर्यो । गण्डकी प्रदेशमा नामाकरण र राजधानीको टुंगो लाग्दा कुनै अप्रिय घटना भएन । २ बर्षअघि नै नामाकरण र राजधानी तोक्ने काम सकिएको छ । राजधानी पोखरा राख्दा सभाका सबै सांसदले सहमति जनाएका थिए भने नामाकरणमा तत्कालीन नयाँ शक्ति पार्टी (हाल समाजवादी) का दुई सांसद बाहेक सबैले सहमति जनाए । २०७४ माघ २२ मा पहिलो बैठक बसेको थियो ।
गण्डकी प्रदेशसभा सुरु भएदेखि ४६ वटा विधेयक पास भएको छ । यसमध्ये जनतासँग प्रत्यक्ष ठोकिने विधेयक निकै कम छन् । पास भएका विधेयकहरु सुविधा र नियुक्ती केन्द्रित बढी छन् । संविधानले प्रदेशलाई एकल र साझा अधिकार दिएको छ । एकल अधिकार सूचीको ब्यवस्थापन र कार्यान्वयनमा सरकारको खासै ध्यान छैन । संघ सरकारले बनाईदिएको ऐनलाई टेकेर बनाउने कानुनहरु निर्माणमा बढी जोड छ ।
छैठौं अधिवेशनमा बजेट र आर्थिक विधेयक सहित १४ वटा विधेयक पास भएको छ । संघीय संरचना अनुसार प्रत्यक्ष ठोकिने विधेयकहरु पास भएकोले यो अधिवेशन महत्वपूर्ण रह्यो । सँगै जनप्रतिनिधिहरुको सुविधा पनि अत्यधिक बढाईएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई पहिले दिईएको तलवभन्दा बढी खर्च हुनेगरी सुविधा सम्बन्धि विधेयक पास गरिएको छ ।
२ बर्षभन्दा धेरै विधायन समितिमा अड्किएको प्रदेशसभा सचिवालय विधेयक अहिले पास भयो । यसैका आधारमा संसदले नयाँ सचिव पाएको छ । लोकेसवा आयोगका पदाधिकारीको पारिश्रमिक र सेवा सर्त, प्रदेश विकास समिति, गण्डकी प्रज्ञा प्रतिष्ठान, विकास प्राधिकरण, खेलकुद विधेयक, प्रहरी विधेयक र प्रदेश कृषि ब्यवसाय प्रबद्र्धन विधेयक पास गरिएको छ । वातावरण संरक्षण, विज्ञान तथा प्रविधि प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र संचालन गर्ने बाटो खोलिएको छ । जेठ ११ देखि सुरु भएको अधिवेशन सोमबार रातीदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो । यो अधिवेशनमा सबैभन्दा धेरै ६२ वटा बैठक बसेको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र कोरोना नियन्त्रणलाई लिएर कांग्रेसले लामो समय सदन अवरुद्ध समेत गर्यो । यही अधिवेशनमा पहिलो पटक प्रदेशसभामा संकल्प प्रश्ताव दर्ता गरियो । यद्यपी बहुमतबाट प्रश्ताव फेल भएको थियो ।
प्रतिपक्षी भन्छन्ः सरकार कतैपनि सफल भएन
कृष्णचन्द्र नेपाली पोखरेल कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको तर्क गर्छन् । ‘कोरोना सुरु भएकै दिनदेखि सरकारलाई घचघच्यौं । केन्द्रिय सरकार त संक्रमण रोक्न फेल भैसक्यो । प्रदेशमा पनि त्यो परिस्थिति आउने वाला छ,’ उनले भने, ‘भेन्टिलेटर धेरै भएर के फरक पर्छ ? पीसिआर मेसिन धेरै भएर के फरक पर्छ ? काम चलाउ होईन । सरकार अग्रगामी होस् ।’ उनले कालापानी, लिपुलेक लगायतका भूमि नेपाली नक्सामा समेटिएपनि पाठ्यपुस्तकमा छाप्न रोक्नु गलत भएको बताए । अहिलेको सरकारलाई कुनै अवरोध नभएकोले देखिने गरी काम गर्न उनको सुझाव छ । ‘दुई तिहाईको सरकारको पालामा कमसेकम केही काम हुनुपर्यो । जनताले अनुभुती गर्नुपर्यो । हिजो अल्पमतको सरकार थियो । धेरैतिरबाट तानातान हुन्थ्यो,’ उनले भने, ‘अहिले कुनै अवरोध छैन । इतिहासमा नै लज्जित हुनुपर्ने घटनाहरु यो सरकारमा भएको छ । कालो धब्बा लाग्नबाट जोगाउनुस् ।’
नेपालीले भ्रष्टाचार रोक्ने काममा समेत सरकार असफल भएको बताए । ‘कालाबजारीयाको प्रभावमा पर्ने । शक्ति केन्द्रको प्रभावमा परेर निर्णय गर्दा देशमा समृद्धी आउँदैन,’ उनले थपे । विगतका कमजोरीलाई नजिर बनाएर संघीयता कार्यान्वयनबाट नभाग्न उनको सुझाव छ । ‘विगतको कमी कमजोरीलाई नजिर नबनाईयोस् । राम्रा कामलाई अनुशरण गरियोस् । पारित भएका सबै विधेयकलाई ब्यवहारमा उतार्नुपर्छ,’ उनले भने, ‘सरकारले गठन गर्ने समिति र बोर्ड तथा आयोगहरुमा सही मान्छेको छनोट गर्नुपर्छ । बहुमतको सरकार भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन । त्यसैका लागि हामी दवाव दिन्छौं ।’ तुलनात्मक रुपमा गण्डकीमा सरकार र प्रतिपक्षीको सम्बन्ध राम्रो रहेको नेपालीले बताए ।
जनमोर्चाका सांसद कृष्ण थापा सरकार पूरानै संरचनाको गोलचक्करमा फसेको आरोप लगाए । ‘अहिले पनि स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा राज्यले जिम्मेवारी लिएको छैन । महंगी बढिरहेको छ । सुशासनको अभाव छ । यसको जिम्मेवारी राज्यले लिएन भने जनताहरु सँधै गरिव र पीडित भैरहन्छन्,’ उनी भन्छन्, ‘जहाँ सरकार पुग्छ त्यहाँ नागरिकले खिल्ली उडाईरहेका छन् । यसलाई सुधार गरौं ।’ उनले तीनवटा तहबीच दुरी बढ्दै गएको बताए । ‘हाम्रो संरचना महंगो छ । सरकारबीच समन्वय नहुँदा छनोट भएका योजना कार्यान्वयन हुन सकेको छैन,’ उनले थपे, ‘एउटा बाटो र अस्पताललाई लिएर संघीयताको ब्याख्या गरिन्छ । त्यो होईन । देश समृद्धीको मास्टर प्लान चाहियो नि । बेलैमा समस्या पहिचान गरेर समाधानको बाटो नखोजे अब दुई बर्षमा जस्तो आयौं त्यस्तै फर्किने अवस्था आउँछ ।’
समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले विपदको ब्यवस्थापन र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको टिप्प्णी गरे । ‘विपदमा परेकालाई राहत दिन सकिएन । मलम लगाउने प्रयत्न मात्रै गरियो । राहत र पुनस्थापनामा चासो दिईएन,‘ उनले भने, ‘विपदका पीडितको पक्षमा सरकारले न बजेट बनाउन सकेको छ, न विपद्को प्रतिवेदन तयार गरेको छ । विपद्लाई गम्भीर रुपमा हेरिएन ।’
गण्डकी संघ सरकारभन्दा अगाडी छः मुख्यमन्त्री
दुरगामी प्रभाव पार्ने ऐन नियमहरु पारित भएको भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यो अधिवेशनलाई महत्वपूर्ण भएको बताए । शान्ति सुरक्षा र विदेशी लगानी भित्र्याउन आवश्यक विधेयकहरु पारित गरिएको उनको भनाई छ । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेका कामको फेहरिस्थ सुनाए । उज्यालो प्रदेश र काठेपोल विस्थापन गर्ने कार्यक्रम प्राथमिकताका साथ अघि बढाएको बताए । यो बर्ष ३० हजार काठेपोल विस्थापन गर्ने जानकारी दिए । प्रदेशले गण्डकी विश्वविद्यालयको गठन गरिसकेको छ । यसका लागि दरबन्दी, कर्मचारी नियमावली, शैक्षिक तथा आर्थिक प्रशासन नियमावली बनाउन स्विकृति दिएको छ । यही शैक्षिक सत्रबाट आइटी (सूचना प्रविधि) र मेडिकल (चिकित्साशास्त्र) को बढाई सुरु गर्ने तयारी छ ।
महालेखा परीक्षकले प्रदेशमा करिब पौने २ अर्व बेरुजु देखाएको थियो । त्यसलाई फस्र्यौट र अनियमित रकम असुली करिब सकिएको मुख्यमन्त्रीको भनाई छ । ‘प्रदेशको सबै बेरुजु अनियमितता होईन । धेरै कार्यान्वयनको चरणमा थियो । पेश्की फस्र्यौट नसकिएकोले बेरुजु बढ्यो,’ उनले भने, ‘मुख्य सचिवको नेतृत्वमा फस्र्यौट समिति गठन गरेर मन्त्रालयगत छलफल भयो । असुल गर्नुपर्ने अधिकांश रकम असुल भैसकेको छ । यो बर्षभित्र सबै चुक्ता हुन्छ ।’ गण्डकीमा असारसम्म २७ अर्व ७९ करोड आर्थिक नोक्सानी भएको तथ्यांक निकालिएको थियो । अहिले अर्थतन्त्र चलायमान हुन थालिसकेको उनले बताए ।
संघ सरकारभन्दा आफु अघि हिडेको उनको दावी छ । ‘गण्डकी प्रदेश होल फस्र्ट हो । संघ सरकारले निर्णय गर्नुअघि हामीले सरुवा रोग अस्पताल बनायौं । लकडाउन गर्ने र खुला गर्ने निर्णय पनि हामीले पहिले गर्यौं,’ उनले थपे, ‘गण्डकी कहिलै सेकेण्ड हुन जानेको छैन । बेरुजुमा मात्रै हो पछि परेको । नत्र सबै ठाउँमा पहिलो हो । गर्व गर्ने काम गरेको छ ।’ यसपटक पुँजीगत खर्च बढाउन जोड दिएको उनको भनाई छ । कर्मचारी ब्यवस्थापन, जिल्ला कार्यालय स्थापना र श्रोत ब्यवस्थापन प्राथमिकतामा रहेको गुरुङले बताए ।
सभामुखको रुलिङमा समाजवादी असन्तुष्ट
समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्य बोलिरहेको बेलामा सभामुख नेत्रनाथ अधिकारीले विषयकेन्द्रीत हुन रुलिङ गरे । आचार्यले सरकार भ्रष्टाचार रोक्न असफल भएको र सरकार नै भ्रष्टाचारमा डुवेको आरोप सहित आफ्ना धारणा राखिरहेका थिए । सोही क्रममा सभामुख अधिकारीले बिषय बाहिर नजान भने । सभामुखको रुलिङ संसदीय व्यवस्था अनुसार नभएको आचार्यको आरोप छ ।
संसदबाट निस्किएपछि प्रतिक्रिया दिँदै उनले सभामुख राजनीतिक पार्टीको अभिभावकजस्तो बनेको गुनासो गरे । ‘कसैप्रति लाञ्छना लगाएको छैन । राष्ट्रिय र प्रदेशका बिषयमाथी आफ्ना धारणा राखिरहेको छु । कुनै कुरालाई मैले उल्लंघन गरेको छैन,’ उनले भने, ‘अहिलेसम्म साझा नेतृत्व भनेर अभिभावक मानिरहेका छौं । आजको रुलिङ हेर्दा राजनीतिक दलको नेतृत्व जस्तो देखिनुभयो । ३ बर्षको दौरानमा राजनीतिमा मुछिनुभयो ।’ उनले घटनाप्रति खेद प्रकट गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
पौष २९, २०८१