साँघुमुख संरक्षणमा रेडियो सराङ्गकोटको साथ

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७७
11

पोखरा, २४ आश्विन । पोखराको पुरानो व्यापारिक केन्द्र साँघुमुखको संरक्षणका लागि रेडियो सराङ्गकोट १०४.६ मेगाहर्जले साथ दिने भएको छ ।

रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको महत्व बोकेको क्षेत्रहरुको संरक्षण तथा प्रचार–प्रसार एवं धार्मिक र स्वास्थ्यका लागि हितकारक अत्यावश्यक विरुवा रोपण, सरसफाई र कुर्ची वितरण गरेको हो ।

साँघुमुख पोखराको इतिहाँस बोकेको पर्यटकीय स्थल भएकाले यस क्षेत्रको विकास गर्नुपर्ने गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले गुनासो गरे । कास्कीकै सभासद मन्त्री नहुँदा पोखरामा हुने विकास निर्माणमा सरकार पछि परेकाले नेपालकै पहिलो सिसा पुल सहित पर्यटकीय गन्तव्य मार्ग साँघुमुख बन्न नसकेको भन्दै सभासद थापाले सो का लागि सबैले दबाब दिनुपर्नेमा जोड दिए ।

रेडियोका प्रमुख कार्यकारी निर्देशक भाष्कर पण्डित कमलनयन गौतमले साँघुमुख धार्मिक महत्वले महत्वपूर्ण रहन सक्ने र यसको मौलिकतामा विकास गर्न रेडियोले आवश्यक सहयोग र पहल गर्ने बताए । सोही अवसरमा रेडियोका प्रमुख योगेन्द्र श्रेष्ठले आफ्ना बुवा स्वर्गीय राम बहादुर श्रेष्ठको स्मृतिमा कुर्ची वितरण र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबाट व्यवस्थापन सहयोग भएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष इन्द्रकमल मानन्धरको सभापतत्विमा भएको कार्यक्रममा सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर जि.सि., सहकारीका सचिव एवं रेडियोका कार्यकारी निर्देशक कृष्ण थापा, पोखरा महानगरपालिका वडा नं. ९ का वडा सचिव लोकदर्शन कोइराला, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका अध्यक्ष रमेशकुमार थापा, रेडियोका निर्देशक एवं पूर्व ट्राफिक प्रमुख शिव बहादुर थापा, उपभोक्ता समितिका उपाध्यक्ष रोशन महर्जन, साँघुमुख संरक्षणका अभियन्ता बुद्ध गुभाजु, महेन्द्रपुल यूथ क्लवका अध्यक्ष विष्णु कायस्थ, नेवा मिसापुचका अध्यक्ष पुण्यलक्ष्मी लाभाजु लगायतका वक्ताहरुले साँघुमुखको संरक्षण र संवद्र्धनका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दा सहयोग गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…

hero news full width