प्रगति बाल क्लब गठन

आदर्श समाज सम्वाददाता
असाेज २१, २०७७
Bal Club

पोखरा, २१ असोज । पोखरा–१७ विरौटास्थित प्रगतिटोलमा बाल क्लब गठन भएको छ ।

नव गठित प्रगति बाल क्लबको अध्यक्षमा अर्चना केसी, उपाध्यक्षमा सुदीप कार्की, सचिवमा सुगम कार्की, सह–सचिवमा सविन भण्डारी र कोषाध्यक्षमा अरुणा काफ्ले चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा इच्छा रानाभाट, स्तुति केसी, ऋतु चापागाइँ, अर्पिद गुरुङ, प्रवेश अधिकारी, सुविज्ञा तिवारी, स्वीकार पौडेल, सृष्टि ढुङ्गाना, कृषला पौडेल र निस्मा पोखरेल रहेका छन् । क्लबको संरक्षकका उमाकान्त पौडेल, टोपबहादुर अधिकारी, गंगाकुमारी केसी र सहजकर्तामा सुर्यप्रसाद पौडेल रहेका छन् ।

प्रगति टोल सुधार समितिका अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा आइतबार बसेको भेलाले बाल क्लब गठन गरेको हो ।

कार्यक्रममा जूनतारा आमा समुहका अध्यक्ष गंगाकुमारी केसी, टोल खानेपानी समितिका अध्यक्ष टोपबहादुर अधिकारी, टोल सुधार समितिका सदस्य विष्णुप्रसाद काफ्लेले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन टोल सुधार समितिका सल्लाहकार एवम् महेश्वरी माविका शिक्षक सुर्यप्रसाद पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width