पोखरा । गण्डकी अटोमेकानिकल वक्र्स एशोसिएसनको २७ औं वार्षिकोत्सव अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।
पहिलो रक्तदाता ऋषिकुमार क्षेष्ठलाई ब्लडव्याग हस्तान्तरण गर्दै रक्तदान अभियन्ता इच्छामान बुद्धाचार्यले कार्यक्रम उद्घाटन गरे । उनले आफू लगायत ७ जनाबाट पोखरामा रक्तदान सुरुवात गर्दा धेरै सामाजिक समस्या व्यर्होनुपरेकोमा हाल धेरै संघसंस्थाहरुले नियमित रक्तदान गर्दा आफूलाई गर्व लागेको बताए ।
यस्तै, हालसम्म ६४ पटक रक्तदान गर्ने एशोसिएसनका सल्लाहकार पत्रकार कृष्ण थापालाई रक्तदान अभियानको कदरस्वरुप सम्मान गरिएको थियो । उनी हाल रेडियो सराङकोटको निर्देशक तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष हुन् ।
कार्यक्रममा गण्डकी अटो डिलर्स एशोसिएसनका अध्यक्ष चन्द्र कँुवर, ट्यूव टायर मर्मत एशोसिएसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, पूर्व अध्यक्ष कुलबहादुर नेपालीले वक्र्स व्यवसाय संचालनमा सरकारले बेवास्ता गरेकोले व्यवस्थित गराउन सहयोग गर्नुपर्ने बताए ।
एशोसिएसनका अध्यक्ष सानुमान जलारी, सम्मानित व्यक्तित्व कृष्ण थापा, रक्तसंचार केन्द्रका प्राविधिक महेन्द्र केसी, वरिष्ठ उपाध्यक्ष किरण कपाली, कार्यक्रम संयोजक सन्तोष मिश्र, महासचिव पुरुषोत्तम भण्डारी, कार्यालय सचिव पार्वती बराल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७