पोखरा, २० असाेज । गण्डकी अटोमेकानिकल वक्र्स एशोसिएसनको २७ औं वार्षिकोत्सव अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् ।
पहिलो रक्तदाता ऋषिकुमार क्षेष्ठलाई ब्लडव्याग हस्तान्तरण गर्दै रक्तदान अभियन्ता इच्छामान बुद्धाचार्यले कार्यक्रम उद्घाटन गरे । उनले आफू लगायत ७ जनाबाट पोखरामा रक्तदान सुरुवात गर्दा धेरै सामाजिक समस्या व्यर्होनुपरेकोमा हाल धेरै संघसंस्थाहरुले नियमित रक्तदान गर्दा आफूलाई गर्व लागेको बताए ।
यस्तै, हालसम्म ६४ पटक रक्तदान गर्ने एशोसिएसनका सल्लाहकार पत्रकार कृष्ण थापालाई रक्तदान अभियानको कदरस्वरुप सम्मान गरिएको थियो । उनी हाल रेडियो सराङकोटको निर्देशक तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका निवर्तमान अध्यक्ष हुन् ।
कार्यक्रममा गण्डकी अटो डिलर्स एशोसिएसनका अध्यक्ष चन्द्र कुँवर, ट्यूव टायर मर्मत एशोसिएसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, पूर्व अध्यक्ष कुलबहादुर नेपालीले वक्र्स व्यवसाय संचालनमा सरकारले बेवास्ता गरेकोले व्यवस्थित गराउन सहयोग गर्नुपर्ने बताए ।
एशोसिएसनका अध्यक्ष सानुमान जलारी, सम्मानित व्यक्तित्व कृष्ण थापा, रक्तसंचार केन्द्रका प्राविधिक महेन्द्र केसी, वरिष्ठ उपाध्यक्ष किरण कपाली, कार्यक्रम संयोजक सन्तोष मिश्र, महासचिव पुरुषोत्तम भण्डारी, कार्यालय सचिव पार्वती बराल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
शिवमायालाई ललित गौचन समाजसेवा सम्मान
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
पुनस्र्थापित संसदको पहिलो बैठकमै अवरोध
फागुन २४, २०७७संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
फागुन २३, २०७७ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७