बुटवल, २० असोज । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताएका छन् । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी दाङ जिल्ला मात्रै नभएर लुम्बिनी र राप्ती अञ्चलको मनोविज्ञानलाई जोड्ने स्थानमा प्रस्ताव गरिएको स्पष्ट पारे । प्रदेशको राजधानी प्रस्तावित क्षेत्र राप्ती नदीले चर्चेको किनारले साबिक लुम्बिनी र राप्ती अञ्चल छोएको जानकारी दिँदै भने, ‘यसले भेरीका बाँके र बर्दियाको मनोभाव र विकासलाई समेत समेट्छ ।’
मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव गरेको राजधानी र नामकरणको प्रस्ताव संसद्ले गठन गरेको विशेष समितिको सिफारिसकै आधारमा गरिएको समेत स्पष्ट पारे । उनले प्रदेशका १२ जिल्लाका जनताको विकास र समृद्धिको चाहनाअनुरुप सरकारले प्रस्ताव ल्याएको समेत बताऐ । मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुरामा आधारमा राजधानीको प्रस्ताव गरिएको बताउँदै भने, ‘प्रदेश ५ समृद्ध बनाउन सक्दा मुलुक नै समृद्ध बन्ने छ ।’
मुख्यमन्त्री पोखरेलले नमूना व्यवस्थित शहर बनाउने योजनाअनुसार प्रदेश राजधानी तोकिएको बताए । ‘सुदूरपश्चिम प्रदेशमा बाहेक अन्य प्रदेशमा अहिले प्रदेश राजधानीका संरचना निर्माण गर्ने पर्याप्त जग्गा नपाएको गुनासा सुन्न पाइन्छ’, उनले भने, ‘प्रदेश नं ५ मा आगामी दुई वर्षभित्र प्रस्तावित राजधानीको क्षेत्रमा राजधानी तोक्नका लागि तोक्ने र त्यसपछि सुतेर बस्ने हैन काम गर्नेछौँ ।’
उनले आफूलाई प्रदेश राजधानी आफ्नो ठाउँमा लग्यो भन्ने आरोपको खण्डन गर्दै भने, ‘मुख्यमन्त्रीको गाउँबाट भालुवाङ पुग्न र बुटवलबाट भालुवाङ पुग्न पनि उत्तिकै समय लाग्छ, मैले मेरो होइन प्रदेशको स्वार्थ हेरेको हुँ ।’ उनले राजधानी सारिएकामा लुम्बिनी क्षेत्रका जनताले मन दुखाउनुपर्ने आवश्यकता नरहेको बताउँदै रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानीका रुपमा अगाडि बढाउने प्रदेश सरकारको योजना रहेको स्पष्ट पारे ।
‘राजधानी सरेकामा यस क्षेत्रका कसैले पनि मन दुखाउनुपर्ने म मान्दिनँ, लुम्बिनी क्षेत्र ६ जिल्लाबाट विस्तार भएर अब प्रदेशका १२ जिल्लामा फैलिएको छ’, उनले भने, ‘जति क्षेत्र विस्तार हुन्छ, व्यापार व्यवसायका पनि विस्तार गर्न सकिन्छ, कसैले मन खुम्चाउनुपर्ने म ठान्दिनँ ।’ उनले बुटवल भैरहवा औद्योगिक करिडोरको डिपिआर तयार भइसकेको जनाउँदै पोखरेलले लुम्बिनी अस्पताललाई नेपालकै नमूना अस्पताल बनाउने तयारीका साथ काम अघि बढेको सोत भएको जानकारी दिए ।
उनले रुपन्देहीकै सैनामैनामा नेपालकै ठूलो कृषि बजारको अवधारणा अगाडि बढाइएको, प्रदेशमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना बुटवलमा बनाउने र उजिरसिंह रङ्गशालाको निर्माणलगायत प्रदेशका गौरवका आयोजनासहित यस क्षेत्रको विकास गर्न सकिने बताए । उनले अखण्ड लुम्बिनीका लागि बुटवलमा भएको आन्दोलनले मधेश र पहाड छुट्याएर प्रदेश बनाउने योजनालाई निस्तेज बनाएको समेत बताए ।
मुुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाबाट हरित क्रान्तिको शुरुआत गर्ने सम्भावना रहेको उल्लेख गर्दै उनले राप्ती नदीको सिक्टा र भेरी बबई डाइभर्सनको काम पूरा हुँदा बाँके बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने स्पष्ट पारे ।
Related News
सम्बन्धित समाचार
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७