हेमजा । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका ६ स्थित भेंडावारी प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । सो क्षेत्रमा हाल ४ जना स्थानीयमा कोरोना भाइरस संक्रमण देखा परेको छ ।
अन्यलाई संक्रमण नफैलियोस् र सर्तकताका साथ उपचार गर्न सहजहोस् भन्ने हेतुले नेलम्बोले सहयोग गरेको जनाएको छ ।
नेलम्बोले पीपीई, सेनिटाइजर, सर्जिकल माक्स, के एन–९५ मास्क, पञ्जा, डिसइन्फेक्टेड सोडियम हाइड्रोकोरोराइड, खुट्टाले चलाउन मिल्ने सेनिटाइजर स्ट्याण्ड, साबुन, फेसशिल्ड गरी ५६ हजार रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको हो । सो सहयोग संस्थाका जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले केन्द्रका फार्मेसिष्ट विजय दवाडीलाई हस्तान्तरण गरे ।
केन्द्रका फोकलपर्सन लक्ष्मण दाहालले हालसम्म ४ जना स्थानीयमा कोरोना पोजेटिभ देखिएकोमा २ जना कोरोना मुक्त भइसकेको र २ जना उपचारकै क्रममा रहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७