लायन्स क्लब अफ पोखरा गलेश्वर सेञ्चुरीको रक्तदान

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७७
Century

लायन्स क्लब अफ पोखरा गलेश्वर सेञ्चुरीको रक्तदान कार्यक्रममा ६७ पिन्ट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय, डिष्ट्रिक्ट ३२५ बि १ का डिपार्टमेन्ट चिफ (रक्तदान प्रमुख) बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा क्लष्टर २४ का प्रमुख माधवप्रसाद पौडेल, रिजन ४९ का चियर पर्सन पुरुषोत्तम पराजुली, डिस्ट्रिक चियर पर्सन रमेशमान श्रेष्ठले क्लबको आगामी दिनको उज्ज्वल भविष्यको शुभेच्छा राखेका थिए ।

जोन ९७ जोन चियर पर्सन विशाल सुवेदीले सेप्टेम्बर २२ मा स्थापना भएको क्लबले पहिलो कार्यक्रममै उच्च सफलता प्राप्त गरेकोमा क्लब टिमलाई आगामी दिनमा यस्तै क्रियाशीलताको कामना गरे ।

क्लब अध्यक्ष आशीष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोहन अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width