हेमजा । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा जोड दिइएको छ । देशको विकासमा छिरलिएका सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने भन्दै कम्युनिष्ट पनि आदर्शले भन्दा व्यवहारले बन्नुपर्ने औँल्याइएको हो ।
नेकपा अन्नपूर्ण गाउँपालिका वडा ६ लुम्ले वडा कमिटीको शनिवार सम्पन्न शपथ ग्रहण कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन्।
नेकपा गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेलले हिजोे कम्युनिष्ट विभाजित हुँदा काँग्रेसले फाइदा लिएकोतर्फ संकेत गर्दै त्यो नेपाली जनताका लागि धातक सावित भएको औँल्याए।
पूर्व एमाले र माओवादी मिल्दा मात्रै नेपाली जनताले झण्डै दुइतिहाईको हाराहारीमा मत दिएको तर्फ संकेत गर्दै सदस्य पौडेलले नेपालका सबै कम्युनिष्ट शक्ति एक हुनुको विकल्प नभएको समेत औँल्याए।
पार्टीका गाउँ कमिटी अध्यक्ष धर्मबहादुर गुरुङले एकतामा नै शक्ति हुने भनाइ राखे।
गाउँ कमिटी सचिव लक्ष्मीप्रसाद अधिकारीले नेपाली जनताको चाहना विगतदेखि नै एउटै कम्युनिष्ट केन्द्र हुनुपर्ने रहेको बताए ।
उक्त कार्यक्रममा जिल्ला सदस्य गौरीप्रसाद सुवेदी, गाउँपालिका सदस्य भेषराज पौडेल, चुडामणि देवकोटा, भरत देवकोटा, शिक्षक प्रतिनिधि शिवभक्त देवकोटा, पार्टीका वडाध्यक्ष एकदेव देवकोटा, सचिव पिपलप्रसाद देवकोटा, ज्येष्ठ कम्युनिष्ट सदस्य भक्तिराम देवकोटा, वडा ३ का सचिव पुण्यप्रसाद पौडेल लगायतले पनि धारणा राखेका थिए ।
वडा कमिटी अध्यक्ष एकदेव देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य लिला देवकोटाले स्वागत तथा वडा कमिटी सचिव पिपलप्रसाद देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
hero news full width
मुख्य समाचार
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१