पोखरा, १६ असोज । गण्डकी प्रदेश सांसद मीना गुरुङले सरकारले बेलायत र भारतीय सेनामा कार्य गरेका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता नदिने निर्णयले ठूलो असर पारेको बताएकी छन् ।
शुक्रबार प्रदेशसभाको विशेष समयमा बोल्दै सांसद गुरुङले विदेशी भूमिमा लामो समय रगत र पसिना बगाइ आर्जेको धनसम्पत्ति स्वदेशमै रेमिट्यान्समार्फत भित्र्याई धेरैलाई रोजगारी सिर्जना गर्नेहरुको सीपको कदर गर्नुपर्नेमा जोड दिइन् ।
उनीहरुलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्धभत्ता दिने निर्णयले भूतपूर्व सैनिकसँग आश्रित परिवारलाई नकारात्मक असर पारेको र संविधानप्रदत्त हकअधिकारमाथि आघात पुर्याएकाे भन्दै टिप्पणी गरिन् ।
गण्डकीमा हाल करिब ९० हजार गोरखा भूपूहरु रहेको उल्लेख गर्दै सांसद गुरुङले धेरैथोरै भन्दा पनि आफू नेपाली नागरिक हुनुको गर्व गरी अन्तिम समय बिताउन चाहने भूपू गोर्खाहरुको भावनाको कदर गर्नुपर्नेमा जोड दिइन् ।
नेकपा सरकारले ज्येष्ठ नागरिकप्रति उत्तरदायी रहँदै क्रमशः भत्ता रकम बढाउँदै लगेको भएपनि भूपू सैनिकहरुको सवालमा भने उनीहरुसँग असीमित अनुभवप्रति अनुदार रहँदै नागरिक अधिकारबाट वञ्चित गर्नु नहुने बताइन् ।
साथै सांसद गुरुङले तत्काल उनीहरुलाई पनि वृद्धभत्ता दिलाई सम्पूर्ण गोर्खालीहरु र गोर्खा परिवारप्रति न्याय गर्नुपर्नमा जोड दिइन् ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१