आवाजको आकस्मिक रक्तदान

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७७
Blood Donation

पोखरा, १५ असोज । पोखरेली युवाहरूको संस्था आवाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा पोखरा–१४ को वडा कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो ।

कोभिड–१९ को विषम् परिस्थितिमा रगत अभावको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यल गरिएको कार्य १८ जनाले रक्तदान गरे । प्रमुख अतिथि पोखरा–१४ का अध्यक्ष प्रेमबहादुर कार्कीले २५ औं पटक रक्तदान गरिसकेका खड्क बहादुर विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गरे । कार्कीले रगतकै अभावले ज्यान गुमाउन नपरोस् भन्ने प्रयास स्वरुप संस्थाले गरेको कार्यको प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवालीले रगतदान सबैभन्दा ठुलो दान भएको बताए । उनले एक स्वस्थ्य मानिसले गरेको रक्तदानले ३ देखि ४ जनाको ज्यान बचाउन सकिने बताए ।

संस्थाका अध्यक्ष प्रकाश सुनार रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत सहकार्य गर्ने उत्थानशील दलित महिला सञ्जाल पोखरा–१४ लाई धन्यवाद दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width