लेउवा संघको फरक मोडलमा साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७७
Lekhnath chamber of commerce

लेखनाथ ।  लेखनाथ उद्योग बाणिज्य संघले नयाँ मोडलमा साधारणसभा गर्दैछ । सोको लागि विभिन्न उपसमितिको बैठक बसी तयारी अगाडि बढाएको जनाएको छ ।

संघको २४ औं साधारण सभाको तयारीका लागि असोज १ देखि व्यवसायी सदस्यहरुका हातहातमा प्रतिवेदन पठाइएको र सोही प्रतिवेदनउपर विभिन्न उपसमितिको छुट्टाछुट्टै भेला गरी सुझाव संकलनको काम भइरहेको जनाइएको छ ।

२०५४ सालमा स्थापना भएको संघमा आवद्ध १ हजार ४ सय २२ व्यवसायी सदस्यहरुको हितमा सामूहिक नेतृृत्व प्रणाली र प्रजातान्त्रिक विधिको अवलम्बन गरी नयाँ तरिकाले वार्षिक साधारण सभा गर्न लागेको संघ अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

सो कार्ययोजनाअन्तर्गत साधारणसभाकै जस्तो वार्षिक प्रतिवेदन सम्पूर्ण व्यवसायीकोमा पुर्‍याइसक्ने र सोही प्रतिवेदन आधारमा व्यवसायीहरुबाट वैज्ञानिक विधिबाट सुझाव संकलन गरी सुझावका आधारमा असोज २५ मा बस्ने कार्यसमितिको बैठकले अनुमोदन अनुमोदन गर्नेछ । सोही प्रक्रियालाई नै साधारणसभा मानिनेछ ।

भेलामा कोरोना भाइरस कारण व्यवसायीले भोग्नु परेका आर्थिक समस्याका बारेमा छलफल गरी व्यवसाय उत्थानमा सहयोग पुर्‍याउन र साधारण सभाकै पुर्व तयारीअन्तर्गत संघद्वारा गठित विभिन्न १९ वटा उपसमितिमध्ये बजार व्यवस्थापन, तालिम व्यवस्थापन, निर्माण, सूचना प्रविधि, प्रकाशन र वस्तुगत संघ परिचालन उपसमितिका बैठकहरु सम्पन्न भएका छन् ।

अन्य उपसमितिको असोज २१ सम्म बैठक बस्ने संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width