पोखरा १३ असोज । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सचेतना जगाउँदै पोखरा जेसिजले मणिज्योती आधारभुत विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका १८ सराङकोट स्थित विद्यालयलाई माक्स, सेनिटाईजर लगायत स्वास्थ्य सामग्री सहित कोरोना भाइरसबाट जोगिने विषयमा सचेताना कार्यक्रम सम्पन्न गरेको छ ।
जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन हो । कोरोना भाइरसको विद्यालय बन्द हुदाँ विद्यार्थीलाई असर गरिरहेको र कोरोनालाई आत्मसाथ गर्दै जेसिजले शिक्षाको क्षेत्रमा सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष रणबहादुर थापाले कोभिडको कारण विधार्थी र शिक्षक विच बढेको दुरीलाई चिर्नको लागि स्वास्थ्य सामग्री महत्वपूर्ण आधार रहेको औल्याए । विधालयमा सचेतनामा सिकाएका कुरालाई घरमा गएर समेत लागु गर्न थापाले अनुरोध गरे ।
जेसिजका अध्यक्ष शिवप्रशाद सापकोटाले विद्यालय र जेसिजबप्च गहिरो सम्बन्ध रहेको बताए । विद्यालयलाई आवश्यक अनुसार हरेक समयमा सहयोग गर्न जेसिज तयार रहेको उनको भनाइ छ ।
त्यस्तै स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमकी संयोजक विनु श्रेष्ठले कोरोनाको कारणले बालबालिकामा नकरात्मक असर पर्न सक्ने बताउँदै उनीहरुलाई दैनिक रुपमै अध्ययन गराउन आग्रह गरिन् । कार्यक्रममा विपना बास्तोलाले कोरोना भाइरसबाट जोगिन केके गर्नुपर्छ भन्नेबारेमा जानकारी दिइएकी थिईन् । उनले सावुनपानीले कसरी हात धुने, कस्ता व्यक्तिसँग सम्पर्क गर्ने र सरसफाईमा कसरी ध्यान दिने भन्नेबारेमा बालबालिकालाई सिकाएकी थिईन् ।
विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनबहादुर बानियाँले धन्यवाद व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन
शिवमायालाई ललित गौचन समाजसेवा सम्मान
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
hero news full width
मुख्य समाचार
पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
फागुन २५, २०७७नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७