युवा डाक्टारको धर्ना

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७७
Youth Doctor

पोखरा, १३ असोज । एमडीको परीक्षामा देखिएको अव्यवाहारिक प्रवधान परिमार्जनको माग गर्दै युवा डाक्टार एसोसियसन पोखराले जिल्ला प्रशासन कार्यलय कास्की अगाडी धर्ना दिएको छ ।

हालै सार्वजनिक भएको चिकित्सा शिक्षा नियमावली र एकीकृत परीक्षाको सूचनाको केही बुदाँहरु गैरसरकारी चिकित्सकको हकमा अन्यायपूर्ण रहेकोले उक्त बुदाँहरु परिमार्जन हुनुपर्ने एसोसियसनको माग छ ।

विशेषगरी सिट बाँडाफाडको बिषय, खुल्ला प्रतिस्पर्धामा देखिएको अस्वस्थ प्रतिस्पर्धा र चिकित्सा शिक्षामा रहेका विभेदकारी र अन्यायपूर्ण व्यवस्था परिमार्जन हुनुपर्ने आफुहरुको माग रहेको युवा डाक्टार एसोसियसन पोखराका संयोजक डाक्टर सन्जिव बस्नेतले जानकारी दिए । चिकित्सा शिक्षा नियमावली सार्वजनिक हुँदा त्यसको मुलमर्म प्रतिस्पर्धा र योग्यता माथि नै प्रहार हुने गरी चलाखीपूर्वक भाषागत जालझेल गरी खुल्ला प्रतिस्पर्धालाई पूर्णतया निषेध गर्न खोजिएको उनिहरुको आरोप छ ।

९० प्रतिशत भन्दा बढी हिस्सा ओगटेका गैरसरकारी र देशका बिभिन्न भुगोलमा अधिकतम सेवा दिईरहेका करार चिकित्सकको बृद्धी विकासमा समस्या आउने र योगदानको कदर नहुने गरी गरिएका विभेदकारी प्रवधानको ५ बुँदा पुनर्मुल्याङ्कन गर्न उनीहरुले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…

hero news full width