सडक बालबालिकालाई शैक्षिक तथा स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७७
jci2

पोखरा, १२ असोज । पोखरा जेसिजले सडक बालबालिकाहरुलाई शैक्षिक, स्वास्थ्य तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
अन्नपूर्ण गाउँपालिका–१ लेवाडेस्थित फूलवारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

सप्ताहव्यापी कार्यक्रम अनतर्गत आज दोश्रो दिन हो । जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे । सडकमा रहने बालबालिका मात्र नभई उनीहरुलाई पाउने कतिपय आमाहरु समेत सडकमै रहने गरेको बताउँदै कुवँर त्यस्ता महिलाको समेत उद्दार गरी सीपमुलक तालिम दिएर जिविकोपार्जनको बाटो देखाउन आवश्यक रहेको बताए ।

अन्नपूर्ण गाउँपालिकाले खाना खेर नफालौ अभियान समेत सञ्चालन गर्दै आएको कुवँरले बताए । ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बालबालिकालाई राख्ने आवास गृह, तालिम हल समेत रहेको छ ।

२५ वर्ष देखि सरकारसँग समन्वय गर्दै आइरहेको केन्द्रले ३७ प्रतिशत आम्दानी आफैले गर्दै आइरहेको छ । केन्द्रको सहयोगमा करिब ५ सय विधार्थीले विभिन्न १ सय ६८ विधालयमा अध्ययन गर्दै आइरहेका छन् ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, शैक्षिक सामग्री हस्तान्तरण संयोजक कपिल पौडेल, सहयोगदाता प्रिति मगर लगायतले आफ्नो भनाइ राखेका थिए । हाल श्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक वयस्क व्यक्ति रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width