पोखरा । कँरेत सर्पले टोकेपछि उपचारार्थ अस्पताल भर्ना भएका मादी–६ का १४ वर्षीय विशाल पौडेलको थप उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।
उनको गण्डकी अस्पतालमा २० दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारार्थ केही दिनअघि काठमाडौं रेफर गरिएको छ । उनको परिवार आर्थिक स्थिति विपन्न रहेकोले उपचार सहयोगार्थ सन्तोष श्रेष्ठले १० हजार र श्रीराम गौतमले ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
उनीहरुको पहलमा देशविदेशबाट सहयोगको आह्वान गरिएकोमा अमेरिकाको वाल्टिमोर बस्ने नेपाली दाजुभाइले, इष्टमित्र तथा शुभचिन्तकले १ लाख १३ हजार रुपैयाँ संकलन गरी पठाएका छन् ।
सो रकम समेत बिरामी विशालका दाजु विजय र विशाललाई संयुक्तरुपमा पोखरामा आइतबार हस्तान्तरण गरिएको सहयोगी श्रीराम गौतमले जानकारी दिए ।
बिरामी विशाल पौडेललाई नयाँ जीवन दिन सबैजनाले सानै सहयोग भए पनि गरिदिन आह्वान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
उच्च र जिल्ला बारलाई पुस्तक
लेकसाइडमा सिसी क्यामरा राख्न सांसद पहारीले सघाउने
पत्रकार महासंघ कास्कीकाे साधारण सभा, १० पत्रकार सम्मानित
hero news full width
मुख्य समाचार
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७