हेमजा, ११ असोज । पोखरा–३, कोपिलढुङगास्थित सिर्जनशील अपाङ्ग समाजको शनिवार सम्पन्न २१ औं साधारणसभा तथा ८ औं अधिवेशनले फणिन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा शंकरप्रसाद बास्तोला, उपाध्यक्षमा चन्द्रमाया बास्तोला, महासचिवमा नवराज अधिकारी, सचिवमा रोमा पौडेल बानियाँ तथा कोषाध्यक्षमा पार्वती वाग्ले मल्ल चयन भए । त्यस्तै चुडामणि तिवारी, लोकनाथ भट्टराई, तारा बास्तोला, हर्कबहादुर खत्री र सविता पौडेल सदस्यमा छनोट भए । दुई सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि वडा सदस्य लक्ष्मी पराजुलीले समाजलाई सक्दो सहयोग गर्न स्थानीय सरकार तयार रहेको स्पष्ट पार्दै अव बन्ने भौतिक संरचनालाई पनि अपाङमैत्री बनाउन पहल गर्ने बताइन् । समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक जगन्नाथ सुवेदीले संस्थागत हितका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरे ।
सो अवसरमा महासचिव नवराज अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रोमा पौडेल बानियाँले प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरण सर्वसम्मत पारित भएको थियो । कार्यक्रम समाजका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यता अधिवेशनपछि समाजले कास्की र तनहुँका कुल ७० अति विपन्न अपाङलाई राहात वितरण गरेको छ । बालहितकारी परियोजनाका अध्यक्ष गोविन्दराज पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका बीच चामल, दाल, तेल, सावुन, चाउचाउ, चना, मसला, वेसार लगायत गरी जनही रु. ३ हजार बराबरका खाध्यान्न सामग्री राहात स्वरुप वितरण गरिएको हो । त्यस्तै तीन जना अपाङ्गलाई ह्वील चियर तथा अन्य अपाङ्गलाई सहायक सामग्री पनि प्रदान गरिएको छ ।
नवगठित समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न राहात वितरण कार्यक्रम महासचिव नवराज अधिकारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७